मनोबैज्ञानिक रहस्यमा ‘षट्कोण’ बन्ने, कर्मा र भोलाराज लिड

मनोबैज्ञानिक रहस्यमा ‘षट्कोण’ बन्ने, कर्मा र भोलाराज लिड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन डी काप्रीले ‘षट्कोण’ नामक सिनेमा निर्देशन गर्ने भएका छन् । मनोबैज्ञानिक रहस्यमा आधारित हुने सिनेमामा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक विराज कडरिया र शिशिर बनेम फाइनल भैसकेका छन् ।आइतबार राजधानीमा घोषणा गरिएको सिनेमा भदौ १८ देखि छायाँकनमा उत्रिनेछ । काठमाडौँ र भीमफेदीमा खिचिने सिनेमाको लागि महिला कलाकारको खोजि भैरहेको छ । क्लेमेन्टाइन प्रोडक्सन प्रालिको निर्माण रहने सिनेमामा शिशिर बनेमको कथा/पटकथा र महेश दवाडीको संवाद रहनेछ । असेष लुइँटेलले मुख्य सहायक निर्देशनको भूमिका निर्वाह गर्नेछन् ।सुरज आचार्य प्रोडक्सन हेड रहेको सिनेमामा आङछेन लामाको छायाँकन,  विशेष पाण्डेको ध्वनि संयोजन र मनोजको निर्माण नियन्त्रण रहनेछ ।