द सिनेमा टाइम्स, काठमाडौँ – एक तर्फ नेपाली सिनेमाका सर्वाधिक सफल एक्सन स्टार विराज भट्ट र अर्को तर्फ सन् २०१७ की ‘मिस नेपाल वर्ल्ड’ निकिता चान्डक । यी दुईको पहिलो सहकार्यले गर्दा सिनेमा ‘साङ्लो’ दर्शक माँझ प्रतिक्षित छ ।
एक्सन लभस्टोरी सिनेमा अहिले पोस्ट-प्रोडक्सनमा छ । र, पोस्टबाटै सिनेमाको रिलिज डेट आउट गरिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमा कार्तिक १५ मा रिलिज हुनेछ । यो डेटमा रिलिज हुँदा सिनेमालाई छठपर्वको विदा जुर्नेछ ।
यसपटक विराज आफ्नै निर्माण, निर्देशन र अभिनय मार्फत दर्शकमाँझ आउदैछन् । प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको पनि अभिनय रहेको सिनेमालाई सुदुरपश्चिमको रमणीय ठाउँमा फिल्माङ्कन गरिएको छ ।
बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्मित सिनेमामा तेज बहादु खड्काको पनि लगानी छ । शिवम अधिकारीले पटकथा/संवाद लेखेको सिनेमामा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन् ।


प्रतिक्रिया