‘नाइँ नभन्नु ल’कै कलाकार ‘हजार जुनीसम्म’ले मागेको हो – बिकाशराज आचार्य

‘नाइँ नभन्नु ल’कै कलाकार ‘हजार जुनीसम्म’ले मागेको हो – बिकाशराज आचार्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केहीदिन पहिले राजधानीमा आयोजित एक कार्यक्रमका विच ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरेसँगै दर्शकमाझ निकै चर्चा भैरहेको छ । युट्युबमा ट्रेलर आएको १० दिनको अन्तरालमा ट्रेलरलाई १० लाख बढी भ्युज मिलिसकेको छ । सिनेमालाई चर्चित सिरिज ’नाई नभन्नु ल’ निर्देशक विकाश राज आचार्यले निर्देशन गरेका हुन् । लेखक हुँदै निर्देशनमा आएका विकाशले केहि वर्ष यता नाइँ नभन्नु ल सिरिजलाई नै अगाडी बढाई रहेका छन् । तर, यतिबेला उनले आफ्नो व्यानरबाट पछि हटेर ’हजार जुनीसम्म’ निर्देशन गरेका छन् । टिम उस्तै भएपनि मर्म भने केहि फरक छ । यसपटक सिनेमाको कथ्य शैली नै भिन्न रहेको निर्देशक आचार्य बताउँछन् ।यस्तै, निर्देशक आचार्यलाई ‘हजार जुनीसम्म’मा अधिकांश ‘नाई नभन्नु ल’ सिरिज कै कलाकार छन् नि किन ? भन्ने प्रश्नमा उनले भने – ‘मलाई एक पटक काम गरिसकेको टिम र कलाकारसँग काम गर्न निकै सजिलो लाग्छ । अनि यस पटक हाम्रो टिममा नयाँ सदस्यको रुपमा सलोन बस्नेत र डेब्यु ब्वाई अखिलेश प्रधान हुनुहुन्छ । म प्राय काम गर्दा कलाकार र टिमले मलाइ बुझुन भन्ने लाग्छ , एक पटक काम गरिसकेकाले मलाई बुझिसकेका हुन्छन । साथै, हाम्रो व्यानरबाट नयाँ प्रतिभाले मौका पाओस भनेर नै हामी नयाँ अनुहारको खोजिमा हुन्छौं । तर, ‘हजार जुनीसम्म’ हेर्नु भयो भने तपाईले बुझ्नु हुन्छ । हामीले चयन गरेको कलाकार र उनीहरुले निर्वाह गरेको भूमिकामाको विकल्प नै छैन । ‘नाई नभन्नु ल’ सिरिज कै अधिकांस कलाकार किन भन्ने प्रश्नको जवाफ सिनेमाले नै दिन्छ ।’सिनेमामा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, संचिता लुइँटेल, प्रियंका कार्की र अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । सिनेमालाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा बताइएको छ । विशाल चाम्लिङको कथा रहेको सिनेमाको पटकथा तथा संवाद निर्देशक आचार्य र सामिप्यराज तिमल्सेनाले मिलेर लेखेका हुन् । आगामी साउन ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमामा कविराज गहतराजको नृत्य, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ । विशाल चाम्लिङको लगानी रहेको सिनेमाकी कार्यकारी निर्माता कविता रेग्मी हुन् ।