परिच्छेदको निर्देशनमा विजय र सरिताको ‘म’ निर्माण घोषणा

परिच्छेदको निर्देशनमा विजय र सरिताको ‘म’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक सिनेमा निर्माण गर्ने भएको छ । परिच्छेद सेनको निर्देशनमा निर्माण हुने सिनेमा ‘म’को सोमबार राजधानी आयोजीत एक कार्यक्रमका विच औपचारिक घोषणा गरियो । परिच्छेद सेनले सिनेमाले हरेक व्यक्तिको कथा भन्ने बताए ।सिनेमामा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुसुम गुरुङ, रेविका गुरुङ अनिल कँडेल, सन्जोग रसाइलीको मुख्य भूमिका रहनेछ । सिनेमामा बाल–कलाकारको रुपमा उनव श्रेष्ठ र सम्पन्न ढकालले काम गर्दैछन् । कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले कलेजबाट नै सिकेका विद्यार्थीेहरुसँग सहकार्य गर्दै सिनेमा निमार्ण गर्न लागिएको बताए ।प्रकास पुरीको कथा रहेको सिनेमामाको सम्पुर्ण टिम निर्देशकदेखि मुख्य कलाकारसम्म कान्तिपुर फिल्म एकेडेमीमै अध्यन गरेका विद्यार्थीहरु हुन् । सिनेमालाई तेन्जिन पाल्देनले छायांकन गर्नेछन् । सिनेमामा एउटा मात्र गीत समावेश गरिनेछ । उक्त गीतको शब्द तथा संगीत जेतेन लेप्चाले तयार पारेका हुन् । भने, गीतमा स्वर पनि संगीतकार जेतेन लेप्चाले नै दिनेछन् ।

सिनेमामा कवितामाथि पनि संगीत भरिने बताइएको छ । सम्भवतः नेपाली सिनेमामा यो पहिलो पटक फरक प्रयोग गरिन लागिएको हो । बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन् । सिनेमाको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन् कान्तिपुर फिल्म एकेडेमीले विगत केही बर्षदेखि सिनेमाका विभिन्न बिषयमा अध्यापन गराउँदै आएको छ । सिनेमाका निर्देशक परिच्छेद सेनले भने–‘हामीले समाज भित्रकै कथामा सिनेमा निर्माण गर्दैछांै । सिनेमाले समाजमा रहेका हरेक व्यक्तिले भन्दै आएको शब्द म लाई प्रस्तुत गर्नेछ ।’