‘साईनो’लाई सेन्सर बोर्डको पिजी सर्टिफिकेट

‘साईनो’लाई सेन्सर बोर्डको पिजी सर्टिफिकेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगमी शुक्रबार अर्थात साउन २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘साईनो’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । नेपाली सिनेमाकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको सिनेमालाई सेन्सर बोर्ड पिजी सर्टिफिकेट दिएको हो ।

सिनेमामा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ । सिनेमामा शरण थापा कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

सिनेमाका निर्देशक रमेश थापाका अनुसार अब यो सिनेमा सबै बर्गका दर्शकले हेर्न मिल्ने खालको भएको बताए । उनले ‘साईनो’ मौलिक तथा सामाजिक कथामा निर्माण त्रिकोणात्मक प्रेमकथामा भएको समेत बताए । रामेश्वर कार्कीको छाँयांकन रहेको सिनेमामा रामजी लामिछानेको कोरियोग्राफी, वनिश शाहको सम्पादन छ ।