आर्यन, नम्रता र दयाहाङको खुलेको मित्रता

आर्यन, नम्रता र दयाहाङको खुलेको मित्रता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देल, दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठ फ्रेण्डसिप डेको दिन संयोगवश भेट भएको थियो । दश वर्ष पहिले ‘मेरो एउटा साथी छ’ मा अभिनय गरेका यी तीन पात्र राजधानीको एक रेष्टुरेन्टमा संयोगवश भेट भए । यी तीनै जना आफ्ना सिनेमाको प्रचारका क्रममा भेट भएको बताइएको छ ।अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘जाइरा’ मार्फत भदौ ६ गतेबाट दर्शकमाझ आउँदैछिन् । यस्तै आर्यन सिग्देल अभिनित सिनेमा ‘हजार जुनीसम्म’ साउन ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । भने, दयाहाङ राई अभिनित सिनेमामा कबड्डी कबड्डी कबड्डी मार्फत असोज ३ गतेबाट दर्शकमाझ आउँदैछन् । ‘फ्रेन्डशीप डे’ का दिन संयोगवश भेट भएका आर्यन, नम्रता र दयाहाङले एकआपसमा खुशी साटे ।दयाहाङ राई भने, ‘नम्रतासँग कहिलेकाहीँ भेट हुन्थ्यो तर आर्यनसँग भेट नभएको लामो समय भयो, आज संयोगवश भेट भयो त्यो पनि फ्रेण्डशीप डेको दिन ।’ संयोगवशको भेटमा तीनैले एकआपसका तस्वीर खिचेर खुशीयाली मनाएका थिए । सुदर्शन थापाको निर्देशनमा निर्माण भएको सिनेमामा आर्यन सिग्देल र नम्रता श्रेष्ठको शीर्ष भूमिका थियो । सिनेमामा सहायक कलाकारका रुपमा दयाहाङ राईले पनि अभिनय गरेका थिए ।