विशेष शोमा रुचाइयो निता, मिरुना र राजकुमारको ‘साईनो’

विशेष शोमा रुचाइयो निता, मिरुना र राजकुमारको ‘साईनो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको पहिलो सिनेमा ‘साईनो’को सोमबार मोफसलको चितवनमा विषशे शोको आयोजना गरिएको थियो । लक्की मिडिया हाउसले आयोजना गरेको विशेषमा सिनेमा हेर्न पुगेका दर्शकले साईनोलाई मौलिक कथामा निर्माण भएको उत्कृष्ट सिनेमा भन्दै प्रतिक्रिया दिएका छन् । चितवनका दर्शकले सिनेमा निर्माण टिम सिनेमाले राम्रो व्यापार गर्नेमा विश्वस्त देखिएको छ ।चितवन स्थित जलमा हलमा साईनोको विषशे शोको आयोजना गरिएको थियो । चितवनमा आयोजित विषेश शोमा सिनेमा हेर्न बरिष्ठ सिनेमाकर्मी निर शाह, अभिनेत्री भुवन चन्द थापा, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, निता ढुंगाना, मिरुना मगर र डेव्यु अभिनेता राज कुमार लगायातको टिम पुगेको थियो । सिनेमा हेरेर हलबाट निश्किँदै गर्दा बरिष्ठ कलाकार शाहले साईनो शुद्ध नेपालीपन बोकेको सिनेमा रहेको भन्दै सिनेमा क्षेत्रले संभावना बोकेका अभिनेता र निर्देशक पाएको प्रतिक्रिया दिए ।साईनोमा बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारहरुको अभिनय छ । रमेश थापाले निर्देशन गरेको सिनेमालाई अभिमन्यु निरबीले लेखेका हुन् । शरण थापा कार्यकारी निर्माता रहेको सिनेमामा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । सिनेमा आगामी शुक्रबार अर्थात साउन २४ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।