‘मारुनी’बाट अफर आउँदा किन डराएकी थिइन साम्राज्ञी

‘मारुनी’बाट अफर आउँदा किन डराएकी थिइन साम्राज्ञी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माण घोषणा भएसँगै चर्चामा रहेको सिनेमाको हो ‘मारुनी’ । यो सिनेमाको सामेबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको थियो । सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको भुमिकालाई लिएर निकै चर्चा परिचर्चा भैरहेको छ ।यस्तै, सोमबार सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’को कथा सुन्दा आफू काम गर्न सक्छु या सक्दिनँ भनेर डराएको खुलासा गरेकी छिन् । साम्राज्ञीले भनिन्,–‘मारुनी’को भूमिका एकदमै राम्रो थियो । कथा सुनेपछि गर्नुपर्छ भन्ने पनि लाग्यो । तर, भूमिका यति शक्तिशाली थियो कि गर्न सक्छु या सक्दिनँ भनेर म डराएकी थिएँ ।’‘सिनेमाका निर्देशक नवल नेपाल र निर्मात्री पूनम गौतमसँग भेट भएपछि आफुमा आत्मविश्वास आएको थियो, साम्राज्ञीले भनिन् । मलाई सबैले बोल्ड अभिनेत्री भन्छन् । तर, मारुनीमा बोल्ड संवाद छ ।’ यसैले पनि मलाई निकै डर लागेको थियो । नवल नेपालको निर्देशनमा निर्माण भएको सिनेमालाई पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेकी हुन् । पुनमलाई सिनेमा निर्माणमा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्रीले सघाएका छन् ।

सिनेमामा साम्राज्ञीका अलवा पुष्प खड्का र डेव्यु अभिनेत्री रेविका गुरुङको पनि मुख्य भुमिका रहेको छ । निर्देशक नेपाल र गोविन्द फुयाँलको कथा, पटकथा तथा संवाद लेखन रहेको सिनेमामा अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ । प्रविन सिंह, एन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी, संजय लामाको छायाँकन, मित्र डी गुरुको सम्पादन रहेको सिनेमामा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।