‘लभ यू हमेशा’को भिडियो कन्टेस्ट घोषणा !

‘लभ यू हमेशा’को भिडियो कन्टेस्ट घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको सिनेमा ‘लभ यु हमेशा’को हाल फिलिपिन्सको बिभिन्न स्थानमा दुईटा गीत छायांकन भइरहेको छ । रामजी लामीछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको ती गीतमा सिनेमाका मुख्य कलाकार यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई फिचर्ड गरिएको छ ।आगामी भदौ २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लभ यु हमेशा’ सिनेमाले ‘भिडियो कन्टेस्ट’ घोषणा गरेको छ । बिबाहीत वा अबिबाहीत, दुवै जोडीले भाग लिन सक्ने प्रतियोगीतामा भाग लिनका लागि प्रेमी वा प्रेमीकाले प्रेम प्रस्ताव राखेको भिडियो बनाएर लभ यु हमेशा लेखि ‘लभ यु हमेशा’ को फेसबुक पेजमा पठाउनु पर्नेछ । दर्शकबाट प्राप्त हुने भिडियोहरु मध्ये जुनमा धेरै लाइक र कमेन्ट आउछ, त्यसलाई उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिने छ ।‘लभ यु हमेशा’ को निर्माण ब्यानर धर्मा क्रियशनले बिजेता भिडियो निर्माणकर्तालाई सिनेमाका कलाकारसँग भेटघाट, रेड कार्पेट प्रिमीयरमा सहभागी हुन पाउने तथा तीन दिन र चार रातको दार्जिलिङ भ्रमण प्याकेजलगायत बिभिन्न उपहार प्रदान गरिने जनाएको छ । भिडियो प्रतियोगीताको बिजेता घोषणा भदौ २१ मा गरिने छ ।भास्कर प्रधानको लेखन तथा निर्देशन रहेको सिनेमाका प्रस्तुतकर्ता यवन गुरुङ हुन् । मिलन गुरुङ सहनिर्माता रहेको सिनेमामा गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलगुडी, काठमाडौपछि हाल फिलिपिन्समा छायाँकन चलिरहेको सिनेमामा भासुको संगीत र एनवी महर्जनको द्धन्द्ध निर्देशन छ ।