नविन र कसिसको मुख्य भुमिकामा ‘रिजन अफ रिया’ बन्ने

नविन र कसिसको मुख्य भुमिकामा ‘रिजन अफ रिया’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन आले मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘रिजन अफ रिया’को निर्माण घोषणा गरिएको छ । धनेश्वर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने सिनेमाको मंगलबार राजधानी स्थित गुञ्जन स्टुडियोमा एक गीत रेकर्ड समेत गरिएको छ । विकास चौधरीको संगीत रहने गीतमा अन्जु पन्तले स्वर भरेकी छन् । उक्त गीतको शब्द गीतकार हरी उप्रेतीले रचना गरेका हुन् ।साउन ३० गतेबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमाको हाल धमाधम प्रि प्रोडकसनको काम भैरहेको छ । सिनेमामा कसिस दाहाल, नविन अधिकारी, करण सिंह बोहरा, विकास थापा मगर लगायतका कलाकारको अभिनय रहने छ । देव महर्जनको द्धन्द्व निर्देशन, यम आले मगरको छायाँकन, खामेश श्रेष्ठ मुख्य सहायक निर्देशक रहने सिनेमाको छायाँकन काठमाडौं र मुस्ताङको जोमसोममा गरिनेछ ।