साम्राज्ञीमा घमण्डीपन र एटिच्युड छैन – रेविका गुरुङ

साम्राज्ञीमा घमण्डीपन र एटिच्युड छैन – रेविका गुरुङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ १३ गते रिलिज हुने सिनेमा ‘मारुनी’बाट अभिनय यात्रा सुरु गरेकी छन्, अभिनेत्री रेविका गुरुङले । कान्तिपुर फिल्म एकेडेमीमा सिनेमा सम्वन्धि पढाइ सकाएकी रेविकाको सम्भावना बोकेकी कलाकारको रुपमा चर्चा हुन् थालिसकेको छ ।उनि करिब २ वर्ष अगाडी नै अभिनेता प्रदीप खड्काको अपोजिटमा ‘लिलिबिली’मा फाइनल भैसकेकी थिइन् । तर, बिभिन्न कारणबस उनले उक्त सिनेमा छोड्नु पर्यो । करिब डेढ वर्ष पश्चात एउटा राम्रो टिम ‘मारुनी’मा आवद्द हुने मौका पाइन् ।

अहिले सिनेमाको प्रचारमा उत्रिएकी रेविकाले ‘मारुनी’ को-स्टार साम्राज्ञी राज्यलक्ष्मी शाहको खुलेरै तारिफ गरेकी छन् । सिनेमाको ट्रेलर रिलिज इभेन्टमा उनले साम्राज्ञीको लागि भारी शब्द खर्च गरिन ।

‘बाहिर जसरि साम्राज्ञीको घमण्डीपनको बारेमा चर्चा हुन्छ । वास्तवमा मैले उहाँमा त्यस्तो गुण भेटाइन । बरु, उहाँमा नम्रता, सबैको हेरचाह गर्ने खालको बानी भेट्टाए । अहिलेको नम्बर १ अभिनेत्री हुँदा पनि बाहिर भने जस्तो घमण्डीपन मैले देखिन ।’ रेविकाले अगाडी थपिन ‘साम्राज्ञी म्यामको सहयोगी र काम केन्द्रित व्यवहारले मलाई प्रभावित गरेको छ ।’

ट्रेलर लन्च इभेन्टमा सिनेमाको निर्देशक नवल नेपाल, निर्मात्री पुनम गौतम र अभिनेता पुष्प खड्काले पनि साम्राज्ञीको कामप्रतिको लगावको प्रसंशा गरेका थिए ।

‘कलर अफ लाइफ’ उपशिर्षक दिइएको ‘मारुनी’मा रेविकाले पुष्पको पत्नीको भूमिका निर्वाह गरेकी छन् । केहि दिन अगाडी मात्रै उनको मुख्य भूमिका रहने सिनेमा ‘म’ पनि घोषणा गरिएको थियो ।

‘मारुनी’ पश्चात साम्राज्ञी अभिनित ‘रातो टिका निधारमा’ दशैँको अवसरमा रिलिज हुँदैछ ।