ट्रेलर मास्टर साहिल अभिनित म्युजिक भिडियो रिलिज

ट्रेलर मास्टर साहिल अभिनित म्युजिक भिडियो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गजलकार सुवाश जमरकट्टेलको शब्द रचना रहेको पहिलो गीत ‘बाँच्नु जती’को भिडियो रिलिज गरिएको छ । गजलकार सुवाश जमरकट्टेलले सडक दुर्घटना परि मेरुदण्ड पक्षघातका कारण चार महिनासम्म अस्पतालको सैयामा भोगेको पिडालाई गीतको शब्दमा उतारेका छन् ।

सार्वजनिक गीतमा संगीतकार विकास चौधरीले संगीत तयार पारेका हुन् । गीतको भिडियोमा साहिल खान र सायशा बायलकोटीलाई फिचर्ड गरिएको छ । साहिल नेपाली सिनेमा क्षेत्रका लागि लोकप्रिय नाम हो । सम्पादन विधामा आफुलाई प्रमाणित गरिसकेका साहिलले सिनेमा ‘लभ डायरिज’मा सहनिर्देशकको भूमिका निर्वाह गरेका छन् । विशेषत: उनि नेपाली सिनेमाको राम्रो ट्रेलर काटेर चर्चामा आएका हुन् ।

दिपक लिम्बुको स्वर रहेको गीतलाई मुभि फ्याक्ट्री र गौतक क्रियसनको प्रस्तुतीमा बिबि फुयाल र बाबुराम थापाले उत्पादन तथा प्रकाशन गरेका हुन् । गीतको सार्वजनिक भिडियोमा डाक्टर मनोज यादव, प्रविन पोखरेल र थेरापिष्ट रमेश खड्काले समेत अभिनय गरेका छन् । विज्ञान राईले निर्देशन गरेको भिडियोका क्रियटिभ निर्देशक एलएन गौतम हुन् । उक्त गीतको भिडियोलाई नवराज उपे्रतीले छायाँकन गरेका छन् । गीतको भिडियोबाट आएको सम्पुर्ण रकम सामाजिक कार्यमा खर्च गरिने निर्माण टिमको भनाई छ ।