फ्राईडे रिलिज : हलमा ‘साईनो’सँग अन्य दुई सिनेमा

फ्राईडे रिलिज : हलमा ‘साईनो’सँग अन्य दुई सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट तीन सिनेमा बक्सअफिसमा आफ्नो प्रदर्शन यात्रा तय गरेका छन् । फ्राईडे रिलिज अन्तर्गत आजबाट सिनेमा हलमा रमेश थापा निर्देशित सिनेमा ‘साईनो’, दिनेश पौडेल निर्देशित सिनेमा ‘रे’ र शंकर अधिकारी घायलको निर्देशनमा निर्माण भएको सिनेमा ‘काँचुली’ देशैभर प्रदर्शनमा आएका छन् ।

निता ढुंगाना, मिरुना मगर र राजकुमार स्टारर सिनेमा ‘साईनो’ मल्टिपेलेक्स तथा सिगंल दुवै हलमा रिलिज भएता पनि अन्य दुई सिनेमा ‘रे’ र काँचुली भने सिगंल हलमा मात्रै लागेका छन् । आजबाट रिलिज भएको सिनेमा ‘साईनो’ले राम्रो प्रचार प्रसारका विच हलमा लागेको हो, भने अनय दुई सिनेमा विना प्रचार प्रसार प्रदर्शनमा आएका हुन् ।

नेपाली सिनेमाकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको सिनेमामा निता ढुंगाना, मिरुना मगर, राज कुमारका अलवा राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतको अभिनय छ । त्रिकोणात्मक प्रेकथा वाचन गर्ने सिनेमालाई अभिमन्यु निरबीले लेखेका हुन् ।

शरण थापा कार्यकारी निर्माता रहेको ‘साइनो’मा बसन्त सापकोटा, किरण भुषाल र एलिस कार्कीको संगीत, रामेश्वर कार्की र नवराज उप्रेतीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । सार्वजनिक गीत, संगीत र ट्रेलरका साथै नेपालकी प्रथम अभिनेत्री थापाले निर्माण गरेको सिनेमा भएका कारण पनि साईनोको चर्चा सिनेमा बजारमा राम्रै भैरहेको थियो । यसैले पनि सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा धेरैलाई छ ।

राजेन्द्र त्रिपाठीको लगानीमा निर्माण भएको सिनेमा ‘रे’ पनि आजैबाट प्रदर्शनमा आएको छ । सिनेमामा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको अभिनय छ । भने, यस्तै अर्को सिनेमा ‘काँचुली’मा ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खेको अभिनय रहेको छ ।