रक्षा मन्त्री ईश्वर पोखरेललाई मन पर्यो ‘साईनो’

रक्षा मन्त्री ईश्वर पोखरेललाई मन पर्यो ‘साईनो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल सरकारका रक्षा मन्त्री ईश्वर पोखरेल शुक्रबार बिहान नेपाली सिनेमाकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको सिनेमा ‘साईनो’ हेर्न कुमारी हल पुगेका थिए । पत्रकार र सिनेकर्मीका लागी आयोजीत विशेष शोमा सिनेमा हेर्न पुगेका मन्त्री पोखरेलले ‘साईनो’ मन छुने मौलिक नेपाली कथामा निर्माण भएको बताए । ‘साईनो’मा समेटिएको कला, संस्कृतीले मन छोएको भन्दै सम्पुर्ण नेपालीले हेर्नै पर्ने सिनेमा बनेको सुनाए ।चन्द्रविनायक फिल्मस्को व्यानरमा निर्माण भएको ‘साईनो’ हेर्न विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्देशक दिपश्री निरौला, सरोज खनाल, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नवल खड्का, सवनम मुखिया, भुवन चन्द थापा, मिरुना मगर, राज कुमार, निर्देशक रमेश थापा लगायतको ‘साईनो’ निर्माण टिम र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । विशेष शोमा सिनेमा हेरेका अधिकांश दर्शक, सिनेकर्मी तथा पत्रकारले साईनो राम्रो बनेको भन्दै प्रसंशा गरेका थिए ।‘साईनो’मा निता ढुंगाना, मिरुना मगर, राज कुमार, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारहरुको अभिनय छ । रमेश थापाले निर्देशन गरेको सिनेमालाई अभिमन्यु निरबीले लेखेका हुन् । शरण थापा कार्यकारी निर्माता रहेको सिनेमामा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । सिनेमा आज शुक्रबार अर्थात साउन २४ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज भएको छ ।