anmol jasita

दशैँ पुर्वसन्ध्यामा ‘रातो टिका निधारमा’, असोज १० रिलिज

दशैँ पुर्वसन्ध्यामा ‘रातो टिका निधारमा’, असोज १० रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अन्तत: दशैँमा रिलिज हुने भनिएको सिनेमा ‘रातो टिका निधारमा’को आधिकारिक रिलिज डेट तय गरिएको छ । अशोक शर्मा निर्देशित सिनेमा अब अशोज १० गते रिलिज हुनेछ ।साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा अभिनित सिनेमाले दशैँको पुर्वसन्ध्यालाई रिलिज तोकेको छ । रिलिजको तेस्रो दिन आइतबारदेखि सिनेमा दशैँको रमझममा प्रवेश गर्नेछ । अशोज १२ गते आइतबार घटस्थापना परेको छ । घटस्थापनासँगै नेपाली हिन्दु धर्मालम्बीहरुको महान चाड दशैँ सुरु हुन्छ ।

गत वर्ष रिलिज भएको ‘जय भोले’को अन्त्यमा नै ‘रातो टिका निधारमा’ दशैँ उपहार स्वरुप घोषणा गरिएको थियो । निर्देशक शर्माले यसपटक दशैँ ‘रातो टिका निधारमा’ विशेष हुने जानकारी गराए ।

यस वर्षको प्रतिक्षित मध्येको एक ‘रातो टिका निधारमा’मा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ । अंकितको यो डेब्यु सिनेमा हो ।

निर्माण पक्षले साम्राज्ञी र अंकित फिचरिङ एक रोमान्टिक गीत पनि सार्वजनिक गरिसकेको छ । युट्युब ट्रेन्डिङको ३८ औँ स्थानमा उक्लिएको गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । दर्शकले साम्राज्ञी र अंकितको जोडी मन परेको बताएका छन्। हेर्नुहोस् गीत:-

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।