anmol jasita

महाशिवरात्रीमा दयाहाङ र दीयाको ‘दयारानी’

महाशिवरात्रीमा दयाहाङ र दीयाको ‘दयारानी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई र दीया पुन स्टारर सिनेमा ‘दयारानी’ले नयाँ रिलिज डेट रोजेको छ । निर्माण पक्षले नयाँ रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरेको छ ।महाशिवरात्रीको छेकोमा टिमले फागुन ९ गते नयाँ रिलिज डेट तोकेको छ । ‘दयारानी’ यो तेस्रो र अन्तिम रिलिज डेट हो । यसअघि जेठ १० मा आउने भनिएको सिनेमा साउन ३० मा सारिएको थियो । तर, त्यहाँ पनि रिलिज हुन् नसकेको सिनेमा झन्डै ६ महिना पछाडी धकेलिएको छ ।

निर्देशक माओत्से गुरुङले राम्रो रिलिज डेट नपाउदा गुनासो पोखेका छन् । प्राय: ठुला व्यानर र ब्राण्ड बनाइसकेका सिनेमाले छायाँकन पुर्व नै चाडको रिलिज तय गरिदिन्छन । त्यसले रिलिजको तयारी गरिरहेको सिनेमालाई असर पुग्ने उनको तर्क छ । ‘हामी सिनेमाको सबै काम सकेर बसेकालाई हल छैन तर सुटिङमा नगएकाले हल ओगटेर राख्ने रोग रहेछ नेपाली सिनेमा उद्योगमा । यो रोग कहिलेसम्म रहने हो ?’ गुरुङले प्रश्न गरेका छन् ।

सिनेमामा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।

सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित सिनेमाले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्छ । सिनेमालाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् ।