साम्राज्ञीसँग डेब्यु व्वाय अंकितको जोडी (फोटोफिचर)

साम्राज्ञीसँग डेब्यु व्वाय अंकितको जोडी (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज १० गते रिलिज हुने सिनेमा ‘रातो टिका निधारमा’बाट डेब्यु गर्दैछन् अंकित शर्मा । निर्देशक अशोक शर्माका पुत्र अंकितले यो सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन् ।मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्षमा ब्याचलर सकाएका अंकितको डेब्युप्रति अहिले सिनेमा क्षेत्रको आँखा गडेको छ । स्टारकिडको डेब्यु कस्तो होला ? टिमले सार्वजनिक गरेको पहिलो गीतबाट अंकितलाई सकारात्मक प्रतिक्रिया मिलेको छ ।

पछिल्लो समय नेपाली सिनेमामा ‘परिवारवाद’ हावी भएको गुनासा सुनिन थालेका छन् । अंकित भन्छन्–‘पक्कै पनि मलाई मेरो परिवारको साथ छ । परिवारको साथकै कारण मैले पहिलो सिनेमामा सजिलैसँग काम गर्न पाएँ । तर, सिनेमा जब दर्शकको हुन्छ, यसपछि मैले नै काम गरेर देखाउनुपर्छ । मैले काम गर्न सकिनँ भने परिवारवादले मात्र केही गर्दैन ।’अंकितले कुनै पनि कलाकार जसरी आएपनि उसले सिनेमा क्षेत्रमा आएपछि दर्शकको विश्वास जित्नुपर्ने बताएका छन् ।

तस्विर: ज्ञानु राइ