anmol jasita

प्रशान्त र दिवाकरले गरे केबी स्टाइलिसको उद्घाटन

प्रशान्त र दिवाकरले गरे केबी स्टाइलिसको उद्घाटन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केबी स्टाइलिसको तेस्रो शाखाको शनिबार एक कार्यक्रमका विच रिवन काटेर शुभारम्भ गरिएको छ । कपन भृकुटी चोकमा अवस्थीत तेस्रो शाखाको शनिबार अभिनेता प्रशान्त ताम्राकार र निर्देशक दिवाकर भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए । किशोर न्यौपान र बुद्धिराज भट्टराईको संयुक्त लगानीमा सञ्चालनमा आएको केबी स्टाइलिसको पहिलो र दोस्रो शाखा क्रमश जडिबुटि र कोटश्वरमा छन् ।केबी स्टाइलिसका सञ्चालक बुद्धिराज भट्टराईका अनुसार ६ महिनाको अन्तरमा तीन ओटा आउटलेट शाखा सञ्चालनमा ल्याइसकेको बताए । यसका साथै विस्तारै उपयुक्त ठाउँ र आवश्यकता अनुसार अन्य शाखाहरु पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको सञ्चालकको भनाई छ । केबी स्टाइलिसको शुभारम्भ पश्चात अभिनेता प्रशान्त ताम्राकारले स्टाइलिस कपाल र फेशन आजको आवश्यकता रहेको भन्दै यस्ता हाइजेनिक स्टाइलिस स्टोर सञ्चालनमा आउन आवश्यक रहेको बताए ।