anmol jasita

‘एन्टी हिरो’मा अनमोल

‘एन्टी हिरो’मा अनमोल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार अनमोल केसी एक्सन, लभस्टोरी जनरामा निर्माण हुने सिनेमा ‘एन्टी हिरो’मा काम गर्ने भएका छन् । सिनेमा होम प्रोडक्सनको व्यानरमा निर्माण हुनेछ । अनमोलसँगै सिनेमामा अभिनेता भुवन केसी भिलेनको भुमिकामा प्रस्तुत हुनेछन् ।सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने ‘एन्टी हिरो’मा निर्देशक र अन्य कलाकार को-को रहने भन्ने चाँडै फाइनल हुने निर्माता तथा अभिनेता भुवन केसीले बताए । सिनेमाको नाम आजै मात्र विकास बोर्डमा दर्ता गरिएको हो । यो सिनेमाको छायांकन तिहारपछि सुरु हुनेछ ।गत वर्षको अन्तिममा रिलिज ‘ए मेरो हजुर ३’ पश्चात अनमोलले नयाँ सिनेमा गर्न लागेका हुन् । ‘ए मेरो हजुर ३’ सुपरहिट भए पछि अनमोलको माग आकासिएको थियो । बाहिरी व्यानरबाट थुप्रै सिनेमाको अफर आए पनि अनमोलले होमप्रोडक्सन कै सिनेमा छनोट गरेका हुन् ।