विकास बोर्ड र निर्माता संघले विरगञ्जमा ‘चलचित्र महोत्सव’ गर्ने

विकास बोर्ड र निर्माता संघले विरगञ्जमा ‘चलचित्र महोत्सव’ गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र निर्माता संघले असोज १ गतेबाट ३ गतेसम्म विरगञ्जमा ‘चलचित्र महोत्सव’को आयोजना गर्ने भएको छ । अशोज १ गतेलाई सिनेमा क्षेत्रले सिनेमा दिवसको रुपमा मनाउँदै आएको छ । निर्माता संघ र विकास बोर्डको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सह-आयोजनामा ‘चलचित्र महोत्सव’ गर्न लागिएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिएका छन् ।

तीन दिन चल्ने महोत्सवमा मैथली, भोजपुरी, नेपाली भाषाका सिनेमाको प्रदर्शन, स्थानीय सँस्कृति झल्कने झाँकी प्रदर्शनी, सिनेमा सम्बन्धी चर्चा र राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुतिको कार्यक्रम तय भएको निर्माता संघका अध्यक्ष अधिकारी सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै जानकारी गराएका छन् ।

निर्माता संघका अध्यक्ष अधिकारी आइतबार मध्य तराईको वीरगञ्ज पुगेर होटल तथा पर्यटन व्यवसायी संघसँग महोत्सवको बारेमा छलफल गरेका थिए । नेपाली सिनेमाको लागि कम्जोर बजार मानिने वीरगञ्जमा हुने महोत्सवले नेपाली सिनेमाको प्रवर्धनमा टेवा पुर्याउने विश्वास निर्माता संघ र विकास बोर्डले लिएको छ ।