पोखरामा तीन दिने ‘पत्रकारिता कार्यशाला’ आयोजना हुने

पोखरामा तीन दिने ‘पत्रकारिता कार्यशाला’ आयोजना हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ, नेपालले आउँदो भाद्रमा तीन दिने ‘वृहत चलचित्र पत्रकारिता कार्यशाला’ आयोजना गर्ने भएको छ । सिनेमाको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्थाको केन्द्रिय कार्यालय अनामनगरमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले भाद्र १८, १९ र २० गते पोखरामा विकास बोर्डसँगको सहकार्यमा कार्यशाला गर्ने निर्णय गरेको हो ।

चलचित्र पत्रकार संघ, नेपालले जारी गरेको विज्ञप्तीमा सिनेमा सम्बन्धि विधासँग जोडिएर पत्रकारिता गरिरहेका पत्रकारहरुले कार्यशालामा सहभागी हुन पाउने जनाइएको छ । १५ सय शुल्क निर्धारण गरिएको कार्यशालामा सहभागी हुन चाहनेले भाद्र १० गतेभित्र संघको कार्यालयमा नाम दर्ता गरिसक्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।
कार्यशालामा सम्बन्धित विधाका दक्ष पत्रकारहरुले पत्रकार आचारसंहिता तथा भिडियो कानुन, सिनेमा समीक्षा, डिजिटल पत्रकारिता, पर्यटन र सिनेमा पत्रकारिता, फोटो र मल्टीमिडियाको विषयमा प्रशिक्षण दिनेछन् । उक्त कार्यशालामा सक्रियतापूर्वक सिनेमा पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि उपलब्धिमुलक हुने अपेक्षा संघले राखेको छ ।