‘हजार जुनीसम्म’ करियरकै अग्रणी स्थानमा रहने सिनेमा : सलोन बस्नेत

‘हजार जुनीसम्म’ करियरकै अग्रणी स्थानमा रहने सिनेमा : सलोन बस्नेत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सलोन बस्नेत भोली बिहिबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हजार जुनीसम्म’को प्रचार प्रसारमा व्यस्त छन् । सलोनले द सिनेमा टाइम्ससँग कुरा गर्दै ‘हजार जुनीसम्म’ आफ्नो करियरकै अग्रणी स्थानमा रहने सिनेमा रहेको बताए । ‘हजार जुनीसम्म’मा प्रफेक्ट टिम र प्रफेक्ट क्रियुको कम्बिनेशन रहेको उत्कृष्ट सिनेमा भएकाले सम्पुर्ण दर्शकलाई हलसम्म पुगेर सिनेमा हेर्न आग्रह गरे ।सलोनले आफुले ‘हजार जुनीसम्म’मा काम गर्दा अभिनेता आर्यन सिग्देलबाट लाईफ र करियरको बारेमा धेरै कुरा सिक्ने अवसर पाएको भन्दै यो सिनेमा आफ्नो लागी निकै महत्वपुर्ण रहेको भनाई उनको छ ।उनले आर्यन सिग्देल, स्वस्तिमा खड्का र डेव्यु अभिनेता अखिलेस प्रधानसँग काम गर्न निकै मज्जा आएको सुनाए । ‘निर्देशक विकास राज आचार्य उमेरमा जती पाका भएपनि सिनेमा र कामको मामलामा निकै जवान रहेको अनुभव सलोलसँग छ । विकास अंकलसँग काम गर्दा निकै गाह्रो हुन्छ होला भन्ने सोचेको थिए । तर, काम गर्दै जाँदा उहाँ निकै सजिलो र सहयोगी निर्देशकको रुपमा पाए’, उनले भने ।यस्तै, बुधबारबाट देशभरका मल्टिपेलेक्स हलहरुले अग्रीम टिकट बुकिङ खुल्ला गरिएको सिनेमामा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलवा संचिता लुइँटेल, प्रियंका कार्की, शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभारा फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई निर्देशक विकास राज आचार्य निर्देशन गरेका हुन् ।सिनेमामा विशाल चाम्लिङ्गको कथा, निर्देशक आचार्य र सामिप्यराज तिमिसेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी, उदय सोताङ, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ । विशाल चाम्लिङ निर्माता रहेको मल्टिस्टारर सिनेमाकी कार्यकारी निर्माता बाल कलाकार अनुभव रेग्मीकी आमा कविता रेग्मी हुन् ।