बिहिबार नै रिलिज भयो मल्टिस्टारर सिनेमा ‘हजार जुनीसम्म’

बिहिबार नै रिलिज भयो मल्टिस्टारर सिनेमा ‘हजार जुनीसम्म’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आर्यन सिग्देल, स्वस्तिमा खड्का सलो बस्नेत स्टारर सिनेमा ‘हजार जुनीसम्म’ जनै पुर्णिमाको अवसर पारेर विहिबार नै रिलिज भएको छ । जनै पुर्णिमाको विदाको अवसर पारेर सिनेमाको प्रदर्शन मिति घोषणा गरेतापनि सरकारले यस वर्ष रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छैन । विग बजेट सिनेमाका लागी विदा निकै महत्त्वपूर्ण रहने गर्छ । विदाको दिन सिनेमाले राम्रो व्यापार गर्ने हुँदा हरेक निर्माता तथा निर्देक आफ्नो सिनेमा विदाको अवसरमा रिलिज गर्ने गर्छन् ।

गीतसंगीत र ट्रेलरबाट राम्रो हाइप निर्माण गरेको सिनेमा ‘हजार जुनीसम्म’मा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलवा डेव्यु अभिनेता अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरी पौडेल, प्रियंका कार्की, अनुभव रेग्मीलगायतका कलाकारहरुको अभिनय छ । सिनेमालाई पुरुषोत्तम प्रधानले छायाँकन गरेका हुन् । विशाल चाम्लिङको कथा रहेको सिनेमामा पटकथा तथा संवाद निर्देशक आचार्य र सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।

कविता रेग्मी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता विशाल चाम्लिङ हुन् । ‘हजार जुनीसम्म’ले देशभरका मल्टीप्लेक्स हलमा राम्रो सोज् पाएको छ । भने, देशभरका अधिकांश सिंगल थिएटरमा आफ्नो पक्कड जमाएको छ । पछिल्ला समय कुनै पनि सिनेमाले राम्रो व्यापार गर्न नसकेको अवस्थामा ‘हजार जुनीसम्म’ ले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ ।‘हजार जुनीसम्म’सँगै बलिउडका दुई ठूला सिनेमा ‘मिशन मंगल’ र ‘बाटला हाउस’ पनि बिहिबारबाटै प्रदर्शनमा आएका छन् । अक्षय कुमारको मुख्य भुमिका रहेको सिनेमा ‘मिशन मंगल’ र जोन अब्राहमको मुख्य भुमिका रहेको सिनेमा ‘बाट्ला हाउस’लाई बलिउडमा प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ । बलिउड सिनेमाको प्रभाव नेपालमा पनि निकै रहेका कारण ‘हजार जुनीसम्म’ले दर्शकको राम्रो साथ जोगाई राख्न पनि ‘वर्ड अफ माउथ’ बलियो हुनु पर्नेछ ।