शुभ-मुहर्तसँगै ‘रिजन अफ रिया’को छायाँकन सुरु

शुभ-मुहर्तसँगै ‘रिजन अफ रिया’को छायाँकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन आले मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘रिजन अफ रिया’ को छायाँकन सुरु भएको छ । बिहीबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ साइतमा सिनेमाको मुहर्त गरियो । शुभ-मुहर्तसँगै सिनेमाको बिहीबारबाटै छायांकन सुरु गरिएको छ ।धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने सिनेमामा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझीको अभिनय रहने छ । काठमाडौं र मुस्ताङका सुन्दर लोकेशनमा सिनेमा छायाँकन गरिने निर्देशक आलेमगरले बताए ।उमेश गिरी, समीर श्रेष्ठ निर्माता रहने सिनेमामा कुमार जंग कार्की सह निर्माताको रुपमा रहेका छन् । देब महर्जनको द्वन्द्व निर्देशन, यम आलेमगरको छायांकन, करणसिंह बोहराको कथा र विकाश चौधरी संगीत रहने सिनेमाका मुख्य सहायक निर्देशक खामेश श्रेष्ठ हुन् । लभस्टोरी जनरामा निर्माण हुने सिनेमालाई उत्कृष्ठ बनाउन कुनैपनि कसर नछोड्ने निर्देशक आलेमगरले बताए । मिलनको निर्देशनमा निर्माण भएको सिनेमा सत्या प्रदर्शनको तयारीमा रहेको छ ।