आर्यन र मिरुनाको ‘च च हुई’ अफिसियल पोस्टर रिलिज

आर्यन र मिरुनाको ‘च च हुई’ अफिसियल पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आर्यन सिग्देल र मिरुना मगर स्टारर सिनेमा ‘च च हुई’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुइ पोस्टरमा आर्यनलाई फ्रेस अवतारमा देख्न सकिन्छ । पहिलो पोस्टरमा आर्यनको साथमा अनिभेत्री मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । उक्त पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई सह अभिनेता भोलाले सम्हाली रहेकाछन् । अर्को पोस्टरमा आर्यन, मिरुना, भोला र माओत्से गुरुङ सहितको ग्रुपले केही चियाई रहेको देख्न सकिन्छ ।मङ्सिर ६ गते रिलिज हुने सिनेमा रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा निर्माण भएको निर्माण टिमले जनाएको छ । ‘च च हुई’लाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै सिनेमा मार्फत निर्माणमा डेव्यु गर्दैछन् । लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका चकलेटी अभिनेता आर्यन र ‘लालपूर्जा’ बाट नेपाली सिनेमामा डेब्यू गरेकी मिरुनाले अनस्क्रिन रोमान्स गरेका छन् । यसमा आर्यन र मिरुनाका अलवा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ ।सिनेमालाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने सुशन प्रजापतिको छायाँकन गरेका हुन् । ‘च च हुई’ को पटकथा तथा संवाद सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । सिनेमाका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाले संगीत भरेका छन् । सिनेमामा निमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।यस्तै, आर्यन अभिनित ‘हजार जुनीसम्म’ हाल प्रदर्शनरत छ । हजार जुनीसम्म’ मार्फत आर्यन सिग्देलमा दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेका छन् । सिनेमामा आर्यन दुइ गेटअपमा देखिएका छन् । सिनेमामा आर्यनलाई युवा अवस्था र बुढ्यौली अवस्थाको दुइ अवतारमा प्रस्तुत छन् । ‘हजार जुनीसम्म’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको बेला आर्यन अभिनित नयाँ सिनेमा ’च च हुई’ को पोस्टर रिलिज गरिएको हो ।