धमाधम बेलायतमा छायाँकन हुँदै ‘कैदीको पत्र’

धमाधम बेलायतमा छायाँकन हुँदै ‘कैदीको पत्र’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साहित्यकार सनम कुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा आधारित रहेर सिनेमा निर्माण गरिरहेका छन् । २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा छायाँका भइरहेको ‘कैदीको पत्र’को निर्देशन साहित्यकार बैराग आफैले गरेका छन् । त्यतिमात्रै होइन सिनेमाको पटकथा, सम्वाद र गीत पनि उनी स्वमय्ले लेखेका हुन् ।

अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा रहेको सिनेमाको एउटा गीतको छायांकन क्रममा गत सोमबार नेपालका लागी बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजुदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताए ।‘महामहिम ज्यूले कथाकार इश्वर मान्नधरको कृतिलाई मुर्हरुप दिनका लागि आफू सुटिङमा उपस्थित भएको बताउनु भयो,’ निर्देशक बैरागले भने, ‘उहाँ मेरो जिगिषा र भीमसेन थापा नाटकबाट प्रभावीत हुनुहुन्थ्यो । त्यस कारण हौसला बढाउनका लागि सहभागी हुनुभएको हो । उहाँको साथले खुशी मिलेको छ ।’

सिनेमामा म्याडिसन लाजारस, कुनाल बिश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेकाछन् । रामेश्वर कार्कीको छायांकन, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको सिनेमाको मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन ।कलिना–रुबिन श्रेष्ठ, हिरालआमीन जोशी र दिल घले निर्माता रहेको सिनेमाको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् । सिनेमा सुटिङका लागि केही साता अघि प्राबिधिकको एक टोली काठमाडौबाट बेलायत उडेको थियो । हालसम्म स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को, ओवनलगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’को छायांकन सकिन अझै दुई साताबढी समय लाग्ने बताइएको छ ।