शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आइतबार छोटो समयको लागि जिल्लाको पक्राउ पुर्जी बदर गर्दै यो निर्णय गरेको हो ।सर्वोच्चको यो अल्पकालीन आदेश भदौ १५ गतेसम्मलाई तोकिएको छ । बहु-विवाह मुद्दा दायर भएपछि शिल्पा र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

बचाउको लागि शिल्पा निषेधाज्ञा मुद्दा लिएर उच्च अदालत पाटन पनि पुगेकी थिइन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनले साउन २९ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।