कार्तिकमा सुशीलको ‘बादशाह जुट’ कन्फर्म

कार्तिकमा सुशीलको ‘बादशाह जुट’ कन्फर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –  सिनेमा ‘बादशाह जुट’को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । एक्सन जनराको सिनेमा कार्तिक १ गते रिलिज हुनेछ ।

गत सालको पुष १३ गते रिलिज हुने भनिएको सिनेमा बिभिन्न कारणबस स्थगित भएको थियो । झन्डै १० महिनाको पर्खाइ पश्चात निर्माण टिमले नयाँ रिलिज चुनेको हो । ‘प्राविधिक काम सबै सकिएको छ । रिलिजको लागि तयार छौँ । कार्तिक १ को डेटमा आउन हामीलाई कुनै बाधा-अड्चनले रोक्दैन ।’ निर्देशक जोनी सिंह राणाले द सिनेमा टाइम्ससँग अडान व्यक्त गरे ।

तासको खेलमा ‘बादशाह जुट’ भन्न वितिकै डबल बादशाह भन्ने बुझिन्छ । डबल हुँदा बादशाहको शक्ति बढ्छ । सार्वजनिक पोस्टरमा शुशिल श्रेष्ठ र रोबिन तामाङ फिचरिङ छन् । सिनेमाको बादशाह यी दुई नै हुने अनुमान गर्न सकिन्छ । भने, आमिर गौतम पनि कथाको केन्द्रिय पात्रमै छन् । तर, पोस्टरमा उनलाई लुकाइएको छ ।

निर्देशक राणाकै कथा रहेको सिनेमामा रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपालको पनि अभिनय छ । प्रियंका कार्की फिचरिङ गीत निर्माण पक्षले गत साल नै रिलिज गरिसकेको छ ।

अभिषेक शशि कुमारले लेखेको सिनेमामा कृष्ण भारद्वाज/कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी,  राजकुमार उप्रेतीको द्धन्द्व निर्देशन, राजु कार्कीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।

एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेका छन् ।