‘लक्का जवान’को शुभमुहुर्त, बुधबार काभ्रेबाट छायाँकन सुरु गरिने

‘लक्का जवान’को शुभमुहुर्त, बुधबार काभ्रेबाट छायाँकन सुरु गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा निर्माण हुने सिनेमा ‘लक्का जवान’ को शुभ मुहूर्त गरिएको छ । सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा सिनेमाको स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरियो । सिनेमाको बुधबार काभ्रेबाट छायांकन सुरु हुनेछ । यही सिनेमाबाट हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेव्यु गर्दैछन् ।

सिनेमामा किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ । भने, निर्देशक पौडेल स्वयंको पनि सिनेमामा मुख्य भूमिका रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहने सिनेमाका गीतमा बाबुल गिरीले संगीत भरेका हुन् ।सामाजिक कथावस्तुलाई कमेडी शैलीमा निर्माण गरिने बताइएको सिनेमाका प्रस्तुतकर्तामा ध्रुव वन्त हुन् । किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्मातामा रहेको सिनेमामा अनसुया श्रेष्ठ वन्त निर्मात्रीको रुपमा रहने छिन् । ‘लक्का जवान’को सह-निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन् ।

मित्र डि. गुरुङले सम्पादन गर्ने ‘लक्का जवान’ खिच्ने जिम्मेवारी पुरुषोत्तम प्रधानले छायाँकनको जिम्मेवारी सम्हालेका छन् । चैत ७ गतेलाई प्रदर्शन मिति तय गरिएको सिनेमाको ७० प्रतिशत काभ्रेमा र ३० प्रतिशत काठमाडौंमा छायांकन गरिनेछ ।