‘च च हुई’ गीतमा रोमान्टिक आर्यन र मिरुना (फोटो फिचर)

‘च च हुई’ गीतमा रोमान्टिक आर्यन र मिरुना (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आर्यन सिग्देल र मिरुना मगर स्टारर सिनेमा ‘च च हुई’को एक गीतमा समावेश केही तस्वीर सार्वजनिक गरिएको छ । सार्वजनिक तस्वीरमा चकलेटी अभिनेता आर्यन सिग्देल र मिरुना मगरलाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ । भने, अर्का मुख्य कलाकार भोलाराज सापकोटालाई पनि गीतमा स्थान दिइएको छ ।आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने सिनेमाका सार्वजानिक तस्वीरहरु ’सिल्की सिल्की बाल’बोलको गीत छायाँकनका हुन् । मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको सार्वजनिक तस्वीरमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ । झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । तस्वीर हेर्दा गीत प्रति कौतुहलता जाग्नु स्वाभाविक नै हो । निर्माण टिम यस गीतलाई केहि दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको छ । राजनराज सिवाकोटीले कम्पोज गरेको गीतमा संगीतकार सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । गीतका शब्द राजनराजसंगै अमृत घोले लामा र श्याम लामिछानेको सृजना गरेका हुन् । सिनेमा रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने, सिनेमालाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै सिनेमा मार्फत निर्माणमा डेव्यु गर्दैछन् । सिनेमामा आर्यन र मिरुनाका अलवा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबितामल्ल लगायतको पनि अभिनय छ ।सिनेमालाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने, सुशन प्रजापतिले छायाँकन जिममेवारी सम्हालेका हुन् । ‘च च हुई’ को पटकथा तथा संवाद सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । सिनेमाका गीतमा राजनराज सिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाले संगीत भरेका छन् । निमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर सिनेमामा रहेको छ ।