‘जाइरा’ले उत्कृष्ट ६ मौकाको फाइदा उठाउला त ?

‘जाइरा’ले उत्कृष्ट ६ मौकाको फाइदा उठाउला त ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपालमा वर्षेनी मुलधारका सयको हारहारीमा सिनेमा रिलिज हुन्छन । सालमा पर्ने ५२ सातामा प्रत्येक हप्ता २ वा सो बढी सिनेमा बक्सअफिसमा भिडिरहेका हुन्छन । जुधेर आउँदा हल र शोज कटौती हुन्छ । त्यसैले एकल रिलिजको मौका पाउनु निर्माताको लागि वरदान नै सावित हुन्छ ।

यो शुक्रबार अर्थात भदौ ६ गते रिलिज हुन् लागेको ‘जाइरा’को लागि सोलो रिलिजको मौका जुरेको छ । नारीप्रधान सिनेमाले भदौ ६ मा रिलिज हुँदा अन्य मौका पनि महसुस गर्नेछ ।

सोलो रिलिज:- यो साता आशुतोष राज श्रेष्ठ निर्देशित ‘जाइरा’ सिंगल रिलिज हुनेछ । यसका अलावा हलिउड सिनेमा ‘द एङ्ग्री बर्ड २’ मल्टीप्लेक्समा लाग्नेछ । सिंगल र मल्टीप्लेक्समा ‘जाइरा’ले राम्रो स्थान पाउनेमा दुई मत छैन ।

कमजोर प्रतिस्पर्धी:- गत साता तीन विदेशी र एक नेपाली सिनेमा बक्सअफिसमा रिलिज भए । तर, आशा गरिएका ४ वटै सिनेमाले राम्रो व्यापार गर्न सकिरहेका छैनन् । त्यसैले हलवालाको नजर फ्रेस रिलिजमा पर्नेछ । त्यसको प्रत्यक्ष फाइदा ‘जाइरा’लाई पुग्न सक्छ । साथै, हलिउडको ‘द एङ्ग्री बर्ड २’को चर्चा कम भएकाले ‘जाइरा’को लागि त्यति चुनौती छैन ।

मल्टीप्लेक्समा राम्रो शोज:- सिंगल रिलिजको मौका पाएको ‘जाइरा’लाई राजधानीका मल्टीप्लेक्सले राम्रै शोज उपलब्ध गराएका छन् । क्युएफएक्सले आफ्ना देशभरका स्टेशनमा २४ शोज दिएको छ । यो साता उसले सर्वाधिक शोज ‘जाइरा’लाई नै बाँडेको छ । त्यस्तै एफक्युब, बिएसआर र सिडिसीले समान ४/४ शोज दिएका छन् । भने, बिग मुभिजले ३ र क्युजले १ शो छुट्टयाएका छन् ।

बलियो लाइनअप:-  दर्शकमाँझ नोटिस भएका कलाकारबाट बक्सअफिसमा सकारात्मक नतिजा आउने अपेक्षा गर्न छकिन्छ । त्यसैले नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, प्रमोद अग्रहरी र फेसन दुनियाँकी चर्चित मोडल सृजना रेग्मी दर्शक तान्ने हतियार बन्न सक्छन ।

नयाँ पृष्ठभुमि:- आजभोली दर्शकमा कमेडीको ह्याङ ग्रस्त छ । साता पिछे रिलिज हुने सिनेमाले कमेडीको पृष्ठभूमिबाट हलसम्म तान्ने चेष्टा गरिरहेका छन् । त्यसैले नयाँ र फ्रेस जनराका सिनेमाको भोक छ । ‘जाइरा’ खेलकुदको पृष्ठभूमिमा निर्माण भएको छ । यदि कथालाई न्याय गर्न सकेको खण्डमा दर्शकका लागि ‘जाइरा’ कमेडी ह्याङबाट निकाल्ने औषधि सावित हुन सक्छ ।

सार्वजनिक विदा:- भदौ ६ गते परेको कृष्ण जन्माष्टमी व्रतको विदाले ‘जाइरा’लाई फाइदा पुग्नेछ । रिलिजको दिनमै विदाको मौका कमै सिनेमाले पाउछन । त्यसपछि भदौ ७ गते परेको शनिबारको विदाले ‘जाइरा’लाई उत्कृष्ट विकेन्ड पार गर्न सहज हुनेछ ।

यी ६ मौकाको फाइदा ‘जाइरा’ले उठाउन सक्ला त ? त्यसको लागि पहिलो साता कुर्ने पर्ने हुन्छ ।