फ्राईडे रिलिज : हलमा नम्रताको ‘जाइरा’

फ्राईडे रिलिज : हलमा नम्रताको ‘जाइरा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हरेक हप्ताको शुक्रबार दुई वा दुईभन्दा बढि सिनेमा प्रदर्शन भैरहेको समयमा यो शुक्रबारबाट प्रदर्शनमा आएको नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘जाइरा’ले शोलो रिलिजको अवसर पाएको छ । सिनेमाको शुक्रबार विहान आयोजित प्रेस शोमा उपस्थीत सिनेमाकर्मी, पत्रकार र दर्शकले जाइरालाई मिश्रित प्रतिक्रिया दिएका छन् । प्रेस शोमा सिनेमा हरेका अधिकांशले सिनेमाका मुख्य कलाकार नम्रता श्रेष्ठ र डेव्यु गर्ल सृजना रेग्मीको एक्सन र प्रमोद अग्रहरीको लुक्सको प्रसंशा गरे ।बदलाको कथामा निर्माण भएको यस सिनेमामा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । उक्त सिनेमामा उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । लभर गर्लको भूमिकामा निकै रुचाइएकी नम्रतालाई यसअघि एक्सन सिनेमा दर्शकले देख्न पाएका थिएनन् । न त उनलाई कुनै निर्माता, निर्देशकले एक्सन भूमिकाको लागी अफर नै गरेका थिए । यसैले पनि जाइरामा निर्वाह गरेको भुमिका नम्रताको करिअरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ । सिनेमाको क्यारेक्टरमा भिज्न नम्रताले करिब ८ महिना मिक्स मार्सल आर्टको तालिम लिनुका साथै कपाल समेत मुण्डन गरेकी थिइन् ।

आशुतोष श्रेष्ठ निर्देशनमा निर्माण भएको ‘जाइरा’ मा नम्रताका अलवा प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, डेव्यु कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठको कथा रहेको सिनेमाको पटकथा तथा संवाद निरोज महर्जन र निर्देशक स्वयंमले तयार पारेका हुन् । प्रनिता श्रेष्ठ र कारा श्रेष्ठ निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । सम्राट बस्नेको द्वन्द्व निर्देशन, कल्याण सिंह, डिजे राजुको संगीत, बाबु श्रेष्ठले छायाँकन गरेको सिनेमालाई लोकेश बज्रचार्य र प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।