ट्रेन्डिङ चेक: सातादेखि नम्बर १ मा अनमोलको ‘कृ’

ट्रेन्डिङ चेक: सातादेखि नम्बर १ मा अनमोलको ‘कृ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्तमानमा नेपालकै सर्वाधिक ठुलो स्टारडम अनमोल केसीको मानिन्छ । त्यसैले उनि अभिनित सिनेमा ‘कृ’ बिगत १ सातादेखि युट्युब ट्रेन्डिङमा यथावत छ ।

सुरेन्द्र पौडेलको कथा/निर्देशन र सम्पादनमा निर्मित सिनेमाले ८ दिनको अवधिमा ५२ लाख भ्यु बटुलिसकेको छ । ८० हजारले गीत लाइक गरेका छन् । भने, साढे १० हजार कमेन्ट बर्सिएका छन् । सर्वाधिक कमेन्ट सकारात्मक छन् । अनमोल र अदिति बुढाथोकीको जोडीलाई पनि दर्शकले रुचाएका छन् ।

साता भरमै ५० लाख बढी भ्युज पाउनुले पनि यो सिनेमा दर्शकमाँझ कति प्रतिक्षित थियो भन्ने प्रमाणित गर्छ । उसो त अहिले युट्युब टेलिभिजन प्रस्तोता रवि लामिछानेको काण्डमा भिजेको छ । ट्रेन्डिङको सर्वाधिक हिस्सा रवि सम्वन्धित भिडियोले ओगट्दा पनि ‘कृ’प्रति दर्शकको आँखा परिरहेको छ ।

भुवन केसी र सुवास गिरीले निर्माण गरेको सिनेमामा अनमोल र अदितिसँगै अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, रुपा राना, सुदाम, अमित गिरी, टिका भक्त जिरेल, अर्जेश रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन् ।