‘प्रेमगीत ३’ शिर्ष गीतको भव्य रेकर्ड

‘प्रेमगीत ३’ शिर्ष गीतको भव्य रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छायाँकनमा जानु भन्दा अगाडी नै सर्वाधिक चर्चामा रहेको सिनेमा ‘प्रेमगीत ३’को शिर्ष गीतका लागि ८० जना बाद्यबाधक प्रयोग गरिएको छ । रेडियो नेपालको सबैभन्दा ठुलो रेकर्डिङ स्टुडियोमा कलाकार पनि सहभागी थिए ।निर्माण कम्पनि आसुसेन फिल्मसले दिएको जानकारी अनुसार सामुहिक आवाजको लागि कलकार शिवश्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र निर्माता सन्तोष सेन स्टुडियो पुगेका थिए ।

आकेष्ट्रासहितको गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेश कुमारको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत संयोजन छ ।छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने सिनेमा दशैँ लगतै छायाँकनमा जादैछ । सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, अनुभव रेग्मी, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, सन्तोष सेन, पुस्कर कार्की, समृद्धी शाही ठकुरीलगायतको अभिनय रहनेछ । यहिँ सिनेमाबाट ‘गीत’को भूमिकामा कृष्टिना गुरुङले डेब्यु गर्दैछिन् । भने, मुख्य पात्रको रुपमा मनिष राउतले पनि डेब्यु गर्दैछन् ।

२ सय वर्ष पुरानो कथामा निर्माण हुने भनिएको सिनेमालाई चैत २८ गते रिलिज गर्ने निर्माण पक्षको लक्ष्य छ ।