‘तिमिसँगै हुने मन छ’बाट सिनेमा निर्माणमा दिवाकर भट्टराई

‘तिमिसँगै हुने मन छ’बाट सिनेमा निर्माणमा दिवाकर भट्टराई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘तिमिसँगै हुने मन छ’बाट निर्देशक दिवाकर भट्टराई पहिलो पटक निर्माण होमिने भएका छन । ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको नाम सोमबार विकास बोर्डमा दर्ता गरिएको छ । दशैँपछि फ्लोरमा जाने सिनेमामा नयाँ तथा पुराना कलाकारको समिश्रण रहने निर्देशक भट्टराईले बताए । तर, सिनेमामा को कलाकार रहने भन्ने टुङ्गो लागीसकेको छैन्।
निर्देशक तथा निर्माता भट्टराईले अगाडी भने ‘तिमिसँगै हुने मन छ’ नाममा सिनेमा दर्ता गरेका हौँ, बाँकी सुचना घोषणा गरेपछि जानकारी गराउने छौँ ।’ सिनेमा पुर्ण प्रेम कथामा आधारित हुने जनाइएको छ । हाल भट्टराईसहित सिनेमाको  टिम स्क्रिप्टलाई अन्तिम रुप दिने तयारीमा छ । सिनेमामा केहि नाम चलेका र केहि नयाँ कलाकार इन्ट्रि हुने बुझिएको छ ।

‘मेरो जीवन साथी’बाट निर्देशन यात्रा थालनी गरेका भट्टराई ठुलो क्यानभासमा सिनेमा बनाउन रुचाउछन । ‘स्टुपिड मन’, ‘एश्वर्य’ र ‘क्याप्टेन’जस्ता सिनेमा निर्देशन गरिसकेका भट्टराईले ‘ड्रिम्स’मा सहायक निर्देशकको भूमिका निर्वाह गरेका थिए । पछिल्लो समयका चल्तीका निर्देशकमा भट्टराईको नाम आउने गर्छ ।