‘छ माया छपक्कै’ फस्टलुक पोस्टर रिलिज

‘छ माया छपक्कै’ फस्टलुक पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोहित अधिकारीले निर्माण गरेको सिनेमा ‘छ माया छपक्कै’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सिनेमाका मुख्य ४ कलाकार प्रस्तुत गरिएको छ ।रोमान्टिक लाग्ने पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल डोकोमाथि हात राखी कल्पनामा डुबेका छन् । भने, घुम (पश्चिमेली भाषामा स्यांकु) भित्र केकी अधिकारी लुकेकी छन् । पोस्टरले सिनेमाको गाउँले कथाबस्तु प्रस्ट्याउछ । दीपेन्द्र लामा निर्देशित सिनेमाको पोस्टरले मौलिकपन झल्काउँछ ।

दीपक-दीपाको प्रस्तुति रहेको सिनेमामा सुपुष्पा भट्ट, अनुराग कुँवर पनि अभिनय छ । दशैँ रिलिजको लक्ष्य राखेको सिनेमाले फस्टलुकमा पनि डेट तय गर्न सकेको छैन । दर्शक र सिनेमाकर्मी माँझ ‘छ माया छपक्कै’को आधिकारिक रिलिज डेटको व्यग्र प्रतिक्षा छ ।

निर्देशक लामाकै कथा रहेको सिनेमामा ‘छक्का पन्जा’ सिरिज निर्देशक दीपाश्री निरौलाले सल्लाहकार निर्देशकको भूमिका निर्वाह गरेकी छन् । सिनेमामा दीपकराज गिरीको पटकथा र अभिमन्यु निरबी, केदार घिमिरे, जितु नेपालसहितको संवाद छ ।

जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको सिनेमामा सुमन गिरी (भान्जा), ताराचन्द बजगाईं (निशान), केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगीको सह-निर्माण छ ।