यो साता दुई ठुला सिनेमाको ट्रेलर, बक्सअफिसलाई असोजको भर

यो साता दुई ठुला सिनेमाको ट्रेलर, बक्सअफिसलाई असोजको भर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्षको बैशाख र जेठ महिनामा दुई सिनेमाले राम्रो व्यापार गरे । गत सालको अन्तिमको रिलिज भएको भएको ‘ए मेरो हजुर ३’ले उत्कृष्ट व्यापार गरे पछि ‘दाल भात तरकारी’ र ‘जात्रै ‘जात्रा’ले उस्तै व्यापारलाई निरन्तरता दिए ।तर, ‘जात्रै जात्रा’ पछि नेपाली सिनेमाको व्यापार नराम्रोसँग खस्किएको छ । आशा गरिएका ‘वीर विक्रम २’, ‘हजार जुनीसम्म’ र ‘जाइरा’ डिजास्टर सावित भए पछि अन्य सिनेमाको के कुरा गर्नु ?

अब सबैको नजर असोज महिनामा गाडिएको छ । असोज ३ मा रिलिज हुने ‘कबड्डी कबड्डी कबड्डी’ र १० गते रिलिज हुने ‘रातो टिका निधारमा’ले बक्सअफिसमा राम्रो पैसा छाप्ने आशा छ । ब्राण्ड, प्रोडक्सन भ्यालु, स्टार कलाकार र ख्याति प्राप्त निर्देशकका कारण यी दुई सिनेमाले दशैँ तताउने अनुमान गरिएको छ ।

दुवै सिनेमाका केहि प्रचार सामाग्री सार्वजनिक भैसकेका छन् । जसले सिनेमाको ट्रेलरलाई प्रतिक्षित बनाइदिएका छन् । स्रोतका अनुसार अशोक शर्मा निर्देशित ‘रातो टिका निधारमा’को हल ट्रेलर आगामी शुक्रबार सार्वजनिक गरिदै छ । भने, युट्युबमा त्यसको केहि दिनमै प्रिमियर हुनेछ । यस्तै ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर शुक्रबार हल र युट्युबमा रिलिज गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रचारमा महत्वपूर्ण भूमिका खेल्ने ट्रेलर पश्चात यी दुई सिनेमाले दर्शक माँझ कस्तो कौतुहलता सिर्जना गर्छन, र त्यसले हाइप निर्माणमा कस्तो प्रभाव पार्नेछ । पर्ख र हेरको विषय बनेको छ ।

‘रातो टिका निधारमा’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, निता ढुंगाना, बुद्दि तामाङ, खुस्बु खड्का, रविन्द्र झाजस्ता कलाकारको अभिनय छ । भने, ‘कबड्डी’को तेस्रो सिरिजमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विजय बराल, बुद्दि तामाङलगायतको अभिनय छ ।