‘स्वस्तिमा ‘चपली हाइट ३’को लागि फाइनल भएकी छैनन्’ – निर्देशक खड्का

‘स्वस्तिमा ‘चपली हाइट ३’को लागि फाइनल भएकी छैनन्’ – निर्देशक खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘चपली हाइट’ सिरिजको तेस्रो सृंखलामा अभिनेत्री स्वस्तिमा खड्का अहिलेसम्म फाइनल भएकी छैनन् । निर्देशक निकेश खड्काले संचार माध्यममा आएका समाचार पूर्ण नभएको द सिनेमा टाइम्सलाई जानकारी दिएका छन् ।‘चपली हाइट ३ को लागि स्वस्तिमालाई अप्रोच गरेका छौँ । तर, आधिकारिक रुपमा उहाँले सिनेमा साइन गर्नु भएको छैन ।’ निर्देशक खड्काले अगाडी भने ‘स्वस्तिमा जीले साता अगाडी पढ्नको लागि स्क्रिप्ट लिनु भएको थियो । उहाँले स्क्रिप्ट एकदमै मन परेको जानकारी पनि गराउनु भएको थियो । तर, कन्फर्म हुनु भएको छैन ।’

अर्जुन कुमारले निर्माण गर्ने सिनेमाको स्क्रिप्ट अन्य २-३ जना अभिनेत्रीकहाँ पुर्याइएको बताइएको छ । सबै तिरको प्रतिक्रिया पश्चात कलाकार फाइनल हुने निर्माण पक्षले जानकारी दियो ।

सिनेमाको लागि अहिलेसम्म प्रतिक श्रेष्ठ र आमिर गौतम मात्र फाइनल भएका छन् । यसअघि सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठले मुख्य भूमिकामा अभिनय गर्ने खबर बाहिरिए पनि उनिहरु काम व्यस्तताका कारण ‘चपली हाइट ३’को सदस्य बन्न सकेनन् ।

निर्माता अर्जुन र निर्देशक निकेश बीच यसअघि सिनेमा ‘फाटेको जुत्ता’मा सहकार्य भएको थियो ।