‘पोई पर्यो काले’को शिर्ष गीतमा रोमान्टिक सौगात, पुजा र आकाश

‘पोई पर्यो काले’को शिर्ष गीतमा रोमान्टिक सौगात, पुजा र आकाश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बालाजुमा रहेका एनएफडिसी स्टूडियो भित्र भव्य सेट लगाएर सिनेमा ‘पोई पर्यो काले’को शिर्ष गीतको छायांकन गरिएको छ । सिनेमाको शिर्ष गीतमा मुख्य कलाकार अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा अभिनेत्रीद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठ सबैलाई स्थान दिइएको छ ।आकर्षक सेटमा कोरियोग्राफर रामजी लामिछाने कलाकारलाई डान्स स्टेप सिकाएका छन् । भने, छायांकार शिव ढकाल कलाकारको डान्स स्टेपलाई क्यामेरामा कैद गरिरहेका थिए । शिशिर राणाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमालाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । सिनेमामा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई सिनेमाकी कार्यकारी निर्माता हुन् ।

सिनेमाको शिर्ष गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ । कात्तिक ८ गतेबाट रिलिज हुने सिनेमाका लागि कलाकारले खुबै मिहिनेत गरिरहेका थिए । नायिका पूजा शर्माले यो गीत सिनेमा भित्र एउटा पुजामा घन्किने गीत रहेको सुनाइन् । तर, सिनेमामा उनले आफ्नो ‘पोई’ भने को हुन् भनेर खुलाउन चाहिनन् ।नायक सौगात मल्लले पनि सिनेमालाई कमेडी कथामा निर्माण भएको बताए । तर, सिनेमा हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने उनको भनाई छ । नायक आकाश श्रेष्ठले राम्रो कथा र राम्रो टिमका कारण छायांकन सकिएको पत्तो नै नभएको सुनाए ।अभिनेत्री श्रृष्टी श्रेष्ठ सिनेमामा पूजाको साथीको भूमिकामा छिन् । उनले, सिनेमाको पुरा अवधी आफू नदेखिएपनि दर्शकले आफ्नो भुमिकालाई मन पराउने दाबी गरिन् । सिनेमाका निर्देशक राणा र प्रस्तुतकर्ता नेपाली कथावस्तु, टिम बलियो भएकाले सिनेमाले राम्रो व्यापार गर्नेमा ढुक्क छन् । यसैले दिल खोलेर सिनेमामा लगानी गरेको किरण बताउँछन् ।