अर्पण र प्रविणको ‘आधा सुर’को छायाँकन सुरु

अर्पण र प्रविणको ‘आधा सुर’को छायाँकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अशिन पौडेलको निर्देशनमा निर्माण हुने पारिवारिक कथानक सिनेमा ‘आधा सुर’को छायाँकन सुरु भएको छ । सिनेमाको छायाँकन बुधबार भद्रकाली मन्दिरमा पूजाआजा गरि थालीएको हो । ४० दिनमा सिनेमाको सम्पुर्ण छायाँकन सकने लक्ष्य सहित ‘आधा सुर’को छायाँकन थालिएको हो ।तीन युवाको गीतसँगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा रहेको सिनेमामा अर्पण थापा, प्रविण खतिवडा, शिसिर वाङ्देल, सरिता गिरी, दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल, सुभांगम पराजुलीका साथमा डेव्यु अभिनेता मोहन जैशी मुख्य भूमिकामा छन् । साउन १५ मा आयोजित एक पत्रकार सममेलनका बीच निर्माण घोषणा गरिएको सिनेमालाई बिष्णु कल्पितले छायाँकनको जिम्मेवारी सम्हालेका छन् ।फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको सिनेमा काठमाडौ र पोखरामा छायाँकन गरिनेछ । सिनेमाका गीतमा रोशनराज थापाको संगीत छ । ‘आधा सुर’ को स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले मिलेर लेखेको हुन् । सिनेमालाई भरपुर मनोरञ्जनात्मक बनाउने दावी निर्देशक अशिनको छ ।