असोज १७ मा आउने भयो शिवको ‘काले दाई’

असोज १७ मा आउने भयो शिवको ‘काले दाई’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘काले दाई’को फस्टलुक पोस्टर रिलिजसंगै प्रदर्शन मिति फाइनल गरिएको छ । शिव शर्माको निर्देशनमा निर्माण भएको सिनेमा बिजया दशमीको अवसर पारेर असोज १७ गतेबाट प्रदर्शनमा आउनेछ । पारिवारिक प्रेमकथामा निर्माण भएको सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछोडेको निर्माण टिमको भनाई छ ।नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सम्शेर गुरुङ र ईन्द्र रामजालीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।सिनेमाको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । सिनेमामा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।