हलमा त्रिकोणात्मक प्रेमकथा ‘मारुनी’

हलमा त्रिकोणात्मक प्रेमकथा ‘मारुनी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गएको जेठ महिना पछि नेपाली सिनेमाले दर्शक रिझाउन सकेका छैनन् । आशा गरिएका सिनेमा लगातार बक्सअफिसमा असफल भैरहेका बेला नवल नेपाल निर्देशित ‘मारुनी’ भदौ १३ गतेदेखि अलनेपाल प्रदर्शनमा आएको छ ।


साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ बीचको त्रिकोणात्मक प्रेमकथामा सबैको आशा टिकेको छ । यसअघि ‘श्रीमान’, ‘महसुस’, ‘लज्जा’, ‘भाग सानी भाग’ र ‘मङ्गलम’ जस्ता सिनेमाबाट दर्शकको मन जितेका निर्देशक नवलप्रति पनि बलियो आशा छ ।

त्यसैमा चलेका कलाकार, बलियो प्रोडक्सन भ्यालु र प्रचारले ‘मारुनी’ले बक्सअफिस चलायमान राख्ने अनुमान छ । बलिउड सिनेमा ‘साहो’सँगको प्रतिस्पर्धाको वावजुत ‘मारुनी’लाई दर्शकको सकारात्मक प्रतिक्रिया मिल्ने आशा छ । जस्ले सिनेमालाई लामो रेसको घोडा बन्न सावित गर्नेछ ।

देशभर अत्याधिक शोज पाएको ‘साहो’को समिक्षा मिश्रीत आइरहेको छ । यस्तोमा ‘मारुनी’ले विक्डेजमा फाइदा उठाउन सक्नेछ ।

पुनम गौतमले निर्माण गरेको सिनेमामा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा दीपक बज्राचार्य/अर्जुन पोखरेल/कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल/नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।