‘रातो टिका निधारमा’ले खुवायो कलाकारलाई तीजको दर

‘रातो टिका निधारमा’ले खुवायो कलाकारलाई तीजको दर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक अशोक शर्माले आफ्नो निर्देशकीय सिनेमा ‘रातो टिका निधारमा’को कलाकारलाई तीजको दर खुवाएका छन् । बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा रविन्द्रा झा र निर्देशक शर्माललगायतले सिनेमाको अफिस परिसरमा तीजको आत्मियता साटे ।कलाकारले एक-अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान-प्रदान गरे । असोज १० गते रिलिज हुने ‘रातो टिका निधारमा’ले यसपटकको दशैँमा दर्शकलाई पूर्ण मनोरंजन दिने निर्देशक शर्माले बताए ।

एक रोमान्टिक गीत सार्वजनिक भैसकेको सिनेमा अहिले चर्चामा छ । सिनेमाको ट्रेलरमा हलमा रिलिज भैसकेको छ । भने, युट्युबमा मंगलबार आउने शर्माले जानकारी दिए । हलमा बजेको ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले बताएको छ ।साम्राज्ञी स्टारर सिनेमा ‘मारुनी’ शुक्रबारदेखि देशभर प्रदर्शन भैरहेको छ । दर्शकबाट साम्राज्ञीले अभिनयको तारिफ बटुलिरहेकी छन् । उनको भिन्न भूमिकाले दर्शकको मन जितिरहेको छ ।वैदेशिक रोजगारको विषयमा तयार ‘रातो टिका निधारमा’मा नीता ढुंगाना, बुद्दि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको पनि अभिनय छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

तस्विर: ज्ञानु राई