साम्राज्ञी र पुष्पको दर्शक साक्षात्कार

साम्राज्ञी र पुष्पको दर्शक साक्षात्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘मारुनी’को शनिबारे व्यापारमा बढोत्तरी भएको छ । शनिबार सिंगल र मल्टीप्लेक्स तर्फ केहि शोजमा ९० देखि शतप्रतिशतसम्म अकुपेन्सी देखिएको छ । जसले गर्दा निर्माण पक्षलाई केहि राहत मिलेको छ ।शनिबार दिउँसो सिनेमाको प्रतिक्रिया बुझ्न कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ, निर्मात्री पूनम गौतम र निर्देशक नवल नेपाल राजधानीको गोपीकृष्ण हल परिसर पुगेका थिए ।

अभिनेत्री साम्राज्ञीले सिनेमा हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूलाई आफूले गरेको मिहिनेत सार्थक लागेको बताइन् । यस्तै अभिनेता पुष्पले पनि दर्शकको मायाप्रति खुसि व्यक्त गरे ।निर्मात्री पूनम गौतमले शनिबार सिनेमाको व्यापारले आफू उत्साहित भएको र सकारात्मक वर्ड अफ माउथले आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त रहेको बताइन् । सिनेमा हेरेका दर्शकले यसको कथावस्तु, प्रस्तुति, क्लाइमेक्सको दृश्य र सस्पेन्स पाटोलाई मन पराएका छन् ।

फरक कथा प्रस्तुत गरिएको भन्दै दर्शकले सिनेमालाई राम्रो प्रतिक्रिया दिएका छन् । तीनै जना कलाकारलाई ४ बडीगार्डसहित हल बाहिर उतारिएको थियो ।