खगेन्द्रको ‘पानीफोटो’को सुभसाइतसँगै छायाँकन सुरु

खगेन्द्रको ‘पानीफोटो’को सुभसाइतसँगै छायाँकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहने सिनेमा ‘पानीफोटो’को सुभसाइत गरिएको छ । ‘पानीफोटो’बाट खगेन्द्र निर्देशनमा डेव्यु गर्दैछन् । आइतबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा सिनेमाको सुभसाइत गरि छायाँकन थालिएको हो ।निर्माण टिमका अनुसार पानीफोटोको काठमाडौंमा जम्मा एउटा मात्रै सिन छ, आज त्यहि सिनको छायाँकनसँगै फ्लोरमा जाँदैछौं, ‘निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले भने, काठमाडौंको सिन सकेर आज साँझ छायांकनका लागि बर्दिया जाँदैछौं ।’ ‘पानीफोटो’को छायांकन बदिर्यासँगै स्याङ्जा र रोल्पामा पनि हुँदैछ ।रविन्द्र बज्रचार्य र रोजिना सिटौलाले लगानीमा निर्माण हुने ‘पानीफोटो’मा खगेन्द्रका अलवा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, आशान्त शर्मा, माओत्से गुरुङ्ग, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमाको मुख्य भूमिकामा रहेका कलाकार द्वय सुनील पोखरेल र निशा शर्मा भने ‘पानीफोटो’बाट बाहिरिएका छन् । निशाको स्वास्थ्यका कारण उनीहरु सिनेमाबाट अन्तिम समयमा बाहिरिएका हुन् ।टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि खगेन्द्र स्वयम्ले लेखेका हुन् । द्वन्द्वकालको पृष्ठभूमिमा बनेको सिनेमाले १५ वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बुवा–आमाको कथा भन्ने छ । दिपक बज्रचार्यले छायाँकनको जिम्मेवारी सम्हालेको सिनेमाको सम्पादन निमेष श्रेष्ठको गर्नेछन् ।