मल्टिस्टारर सिनेमा ‘पोई पर्यो काले’को पोस्टर रिलिज

मल्टिस्टारर सिनेमा ‘पोई पर्यो काले’को पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक तथा कलाकार शिशिर राणा निर्देशनमा निर्माण भएको सिनेमा ‘पोइ र्पयो काले’ को पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकार सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सोहित मानन्धर लगायतलाई स्थान दिइएको छ ।सिनेमा पाई पर्यो कालेको आइतबार सार्वजनिक गरिएको पोस्टर सामान्य छ । यो सिनेमाको मुल कथा अभिनेता सौगातको वरिपरि घुमेको छ । सिनेमामा सौगातको जोडी पूजा हुन् वा सृष्टि भन्ने रहस्य निर्माण टिमले अहिलेसम्म खुलाएको छैन । निर्देशक राणा सौगातको जोडीको खुलासा सिनेमा हेरेपछि हुने बताउँछन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ ।

अमलादेवी राई सिनेमाकी कार्यकारी निर्माता हुन् । निर्देशक राणाको कथा लेखन रहेको सिनेमामा अर्जुन पोखरेल र लाल बहादुर खातीको संगीत, कमल राई र सामजी लामिछानेको कोरियोग्राफी, तारा थापा किम्भेको सम्पादन रहेको छ । अभिनेता सौगात सिनेमालाई कमेडी कथामा निर्माण गरिएको बताउँछन् ।