‘गुञ्जन’मा सारा र प्रितमको जोडी

‘गुञ्जन’मा सारा र प्रितमको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – द्धन्द्व निर्देशक अष्ट महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘गुञ्जन’को हाल पोखरामा धमाधम छायाँकन चलिरहेको छ । अष्ट बिगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा नेपाली सिनेमा क्षेत्रमा सक्रिय थिए । अष्टको डेब्यु निर्देशन रहने ‘गुञ्जन’ को मंगलबारदेखि पोखराका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ ।बिसुद्ध प्रेमकथामा रहेको यही सिनेमाबाट प्रितमराज सेन्चुरीले अभिनेताको रुपमा डेब्यु गरेका छन् । गुञ्जनमा प्रितमराजको जोडी अभिनेत्री सारा श्रीपालीसँग बाँधिएको छ । बिन्दवासीनी मन्दिरमा शुभ मुर्हत गरी सुटिङ सुरु गरिएको सिनेमामा प्रितमराज र साराका अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहने छ ।हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको सिनेमाको छायाँकार राजेश श्रेष्ठ हुन् । ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको कथा, पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको सिनेमाका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् ।

झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने सिनेमाको बाँकी छायाँकन काठमाडौमा गरिने निर्देशक अष्ट महर्जनले जानकारी दिएका छन् । धमाधम छायाँकन चलिरहेको सिनेमा ‘गुञ्जन’लाई फागुन तेश्रो साता प्रदर्शन गर्ने योजना निर्माण टिमको छ । सिनेमालाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराख्ने भनाई निर्देशक महर्जनको छ ।