तीजको पहिरणमा साम्राज्ञी (फोटोफिचर)

तीजको पहिरणमा साम्राज्ञी (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी विश्वभरिका नेपालीले मनाउँदै छन् । विशेष गरि महिलाहरुले भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।तीजले यतिबेला देशका सबै क्षेत्रलाई छोपेको छ । यसबाट सिनेमा क्षेत्र अछुतो हुने त कुरै भएन । बोल्ड एण्ड ब्युटी अभिनेत्रीको रुपमा चिनिने साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि पछिल्लो केहि दिनदेखि तीजले छोएको छ ।

उनि अभिनित सिनेमा ‘मारुनी’ हलमा प्रदर्शन भैरहेको छ । महिला प्रधान सिनेमाको दर्शक प्रतिक्रिया बुझ्न जाँदा साम्राज्ञी तीज विशेष पहिरणमा देखिन थालेकी छन् । दर्शकबाट साम्राज्ञीले अभिनयको तारिफ बटुलिरहेकी छन् । उनको भिन्न भूमिकाले दर्शकको मन जितिरहेको छ ।

‘मारुनी’को हल रिपोर्ट लिन होस् या ‘रातो टिका निधारमा’को दर खाने कार्यक्रममा साम्राज्ञीको तीज मूड बुझ्न जो-कोहिलाई गाह्रो पर्थेन ।असोज १० देखि रिलिज हुने ‘रातो टिका निधारमा’को दर खाने कार्यक्रममा रातो पहिरणमा सजिएकी साम्राज्ञीलाई द सिनेमा टाइम्स फोटोग्राफर ज्ञानु राईले क्यामरामा कैद गरेका छन् । यो सिनेमामा साम्राज्ञीले नव-अभिनेता अंकित शर्मासँग जोडी बाँधेकी छन् ।