पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ फ्लोरमा

पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ फ्लोरमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्माण घोषणाको करिब २ वर्ष पछि सिनेमा ‘म यस्तो गीत गाउँछु २’ फ्लोरमा गएको छ । सोमबार तीजको दिन बुढानिलकण्ठको मिराकी वेलनेस रिसोर्टबाट सुदर्शन थापाको निर्देशनमा बन्ने सिनेमाको छायाँकन सुरु भएको हो ।सिनेमामा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहनेछ । अघिल्लो सृंखलामा पनि पल र पूजाकै मुख्य भूमिका थियो । सांगीतिक प्रेमकथामा निर्माण हुने सिनेमामा ५ वटा गीत समावेश गरिने संगीतकार अर्जुन पोखरेलले बताएका छन् । अघिल्लो संस्करणमा उनकै संगीत रहेका गीत सुपरहिट भएका थिए ।

राजधानी र इलाममा छायाँकन हुने सिनेमालाई सौरभ लामाले खिच्दैछन् । निर्देशक थापाकै कथा रहेको सिनेमा फागुन २३ गते रिलिज हुँदैछ । शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको सिनेमामा शिवमकै संवाद छ ।सुदर्शन निर्देशित ‘सम्हालिन्छ कहिले मन’ अहिले पोस्ट-प्रोडक्सनमा छ । यसअघि ‘रामकहानी’ रिलिज गरिसकेका सुदर्शनले बल्ल ‘म यस्तो गीत गाउँछु २’ सुरु गरेका हुन् । ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा सुपरहिट भए पछि यसको सिक्वेल निर्माण गर्न लागिएको हो ।