रेविका, रेवती र कुशुमको ‘म’ छायाँकन सुरु

रेविका, रेवती र कुशुमको ‘म’ छायाँकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विजय लामा र सरिता लामिछाने स्टारर सिनेमा ‘म’को छायाँकन सुरु भएको छ । सिनेमा मुख्य कलाकार सरिता लामिछाने र संजोग रसाईलीको मुर्हुत सर्टसँगै गोदावरीबाट छायाँकन थालिएको हो । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्ने सिनेमाबाट परिच्छेद सेनले निर्देशनमा डेव्यु गर्दैछन् । उनले यसअघि थुप्रै सफल सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।सिनेमामा विजय लामा र सरिता लामिछानेका अलवा रेवती क्षेत्री, कुसुम गुरुङ्ग, रेवीका गुरुङ्ग, संजोग रसाईली, अनिल कंडेल, रामबाबु रेग्मी, सुन्दर धिताल, पवन भट्टराई लगायतको अभिनय रहनेछ । कान्तिपुर फिल्म एकेडेमीले आफ्नै विद्यार्थीहरु तथा अन्य सफल कलाकारहरु लिएर सिनेमा बनाउनु आँफैमा महत्वका साथ हेरिएको छ ।लामो समय देखी सिनेमाका सम्पुर्ण विधामा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको पहिलो सिनेमा हो ‘म’ । यो सिनेमासँगै अब देखी हरेक बर्ष एकेडेमीले सिनेमा निर्माण गर्ने र सम्भावना भएका विद्यार्थीहरुलाई अवसर दिने योजना रहेको एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।

निर्देशक परिच्छेद सेनसँगै मका छायाँकार तेन्जीन पाल्देन, एडिटर सुवीज्ञ सुन्दर श्रेष्ठ लगायत अधिकांश कलाकार र टेक्निसीयनहरु एकेडेमीबाटै सिनेमा निर्माणको विषयमा अध्ययन गरेका हुन । यही बर्षको अन्त्य तिर प्रदर्शन गर्ने लक्ष्य राखीएको सिनेमालाई पदम पुरीले निर्माणमा सहयोग गर्दैछन् ।